सानिमा रिलायन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री प्रदान
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शैक्षिक सामग्री सहयोग गरेको हो । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान…

