Banijya News

पत्रपत्रिका

न्यायलयको कार्य सम्पादनलाई लिएर टिका टिप्पणी नगर्न सर्वोच्चको आग्रह

न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि विधि र प्रक्रिया अनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका–टिप्पणी नगर्न आग्रह […]

एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार

विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले विसं २०७६ माघ १९ गते पारित…


  • Default Image

    सोमबारदेखि पुनः मौसम सक्रिय हुने

    काठमाडौँ– आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ। वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्। यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। त्यसै दिन मुलुकका विभिन्न…

  • Default Image

    जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ: मुख्यमन्त्री गुरुङ

    स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरे । प्रदेशमा राम्रो…

  • Default Image

    पहिराेमा स्काभेटर, टिपर र ट्याक्टर पुरिए, २ चालक बेपत्ता

    बागलुङ-बागलुङ नगरपालिका-१ निरयघाटनजिक पहिराे खस्दा स्काभेटर, टिपर र ट्र्याक्टर पुरिएकाे छ भने २ जना बेपत्ता भएका छन्। शनिबार राति साढे आठ बजे खसेको पहिराेमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा…

  • Default Image

    सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको आग्रह

    काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै…

  • Default Image

    छोरा जन्मिएपछि बलात्कार आरोपी पक्राउ

    किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । …

  • Default Image

    त्रिविका स्थगित परीक्षा दशैं अघिनै सम्पन्न गर्ने तयारी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे…

  • Default Image

    कृषि परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा १० अर्ब सकियो

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति-समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन्। परामर्श सेवाका नाममा…

  • Default Image

    देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

    आन्तरिक राजस्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण गर्दै आएका छन् । गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा/बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिए । अधिकृत राजलवटले मंगलवार पत्रकार सम्मेलन गरी आगामी दिनमा…

  • Default Image

    आगामी १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिः डा.शशाङ्क कोइराला

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको…

Scroll to Top