Banijya News

पत्रपत्रिका

कोरोना पुष्टि भएपछि बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । […]

इलामको शुक्रबारे बजारमा आगलागी हुँदा ७० लाख बराबर क्षति

इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट शुरु भएको आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो। नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो। घरमा रहेको…


  • Default Image

    जगातीमा डिस्इन्फेक्सन टनेल सञ्चालन

    रमेश गिरी पूर्वका जिल्लाबाट काभ्रे हुँदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । सवारी साधन निःसङ्क्रमण गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीमा उक्त टनेल सञ्चालनमा ल्याएको हो ।  काभ्रेबाट भक्तपुरहँुदै…

  • Default Image

    काठमाडौं उपत्यकामा बढ्यो चहलपहल, अत्यावश्यक बाहेकका पसलसमेत खुले

    सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको…

  • Default Image

    क्वारेन्टाइनमा म्याद नाघेको चामल

    बाजुराको बुढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो । लकडाउनको मौका छोपेर व्यापारीले त्यस्तो चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न…

  • Default Image

    एकैपटक ८८ जना नेपालीलाई कोरोना, प्रभावित कामदारको संख्या २४५ पुग्यो

    बैंशाख २४, काठमाण्डौ । करिब ३५ हजार नेपाली कामदार रहेको बहराइनमा एकैपटक ८८ जना नेपालीमा कोरोना संक्रमित भएका छन् । नेपाली राजदुतावार बहराईका अनुसार एकै दिन यतिधेरै नेपाली संक्रमित भएका हुन् । पछिल्लो विवरण अनुसार बहराइनमा कोरोना संक्रमित हुने नेपाली कामदारको संख्या २४५ पुगेको छ । दूताबासका अनुसार बहराइनमा कार्यरत…

  • Default Image

    बन्दाबन्दीमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

    –रमेश गिरी भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र…

  • Default Image

    होटलले चैतको पारिश्रमिक दिए/नदिएको अनुगमन हुने

    होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए÷नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ ।  सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

  • Default Image

    यात्रु लिएर अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

    –बैशाख २०, काठमाडौँ । रासस     मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने…

  • Default Image

    नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द

    – रमेश गिरीभक्तपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् । सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस…

  • Default Image

    चीनलाई स्वास्थ्य सामग्री खरिदका लागि एक करोड ८४ लाख डलर भुक्तानी, १० दिनभित्र सामान आउने

    काठमाडौं : कोभिड-१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ। सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार-सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो। तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने…

Scroll to Top