अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्। आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ। ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लागेका राष्ट्रपति डोनाल्ड…

