Banijya News

पत्रपत्रिका

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ […]

यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा…


  • सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण

    सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण

    गुल्मी : यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ। मुसिकोट नगरपालिका-३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो। बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए। राष्ट्रिय कृषि…

  • मूल्य खस्किएपछि मारमा अदुवा किसान

    मूल्य खस्किएपछि मारमा अदुवा किसान

    दाङ- यहाँको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ। यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नुपर्ने हो। तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन्। गतवर्ष यही याममा ५५ देखि ६० रूपैयाँ प्रतिकिलो अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ। बजार…

  • बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

    बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

    गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराेले इलाममा ११ अर्ब ८१ करोड रुपैयाँ बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी…

  • दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ। विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ…

  • वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात…

  • बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

    बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

    स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । स्थानीय सरकारले…

  • सरकारसँग ६५ अर्ब ८१ करोड नगद मौज्दात

    सरकारसँग ६५ अर्ब ८१ करोड नगद मौज्दात

    महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१-८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ। उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे। प्रतिवेदनअनुसार आव २०८१-८२ मा सरकारको सञ्चित कोष एक खर्ब ९६…

  • हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

    हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

    हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठुला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो । यी मन्दिरमा…

  • गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

    गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

    यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ ।…

  • भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन् । उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका…

Scroll to Top