Banijya News

पत्रपत्रिका

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा […]

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि सिधा भुटान उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले आजदेखि उडान थालेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको बताए । यूटीटीले यसअघि नै गत असोज १२ देखि चारवटा चार्टर…


  • दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि…

  • निर्वाचन आयोगमा एक सय २२ दल दर्ता, २८ प्रक्रियामै

    निर्वाचन आयोगमा एक सय २२ दल दर्ता, २८ प्रक्रियामै

    निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनका अनुसार, यस अवधिमा…

  • मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजीका लागि अध्ययन शुरू

    मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजीका लागि अध्ययन शुरू

    मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन शुरू गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा पदमार्ग सर्वेक्षण शुरू गरिएको हो । अहिले मनास्लु आरोही काठमाण्डौबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट…

  • भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

    भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

    शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भए । शनिबार मात्र हैन गत वर्ष वैशाखमा फ्लाई दुबईको विमानमा त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा…

  • समयअघि नै तयार भयो पौने तीन अर्बको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    समयअघि नै तयार भयो पौने तीन अर्बको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ। विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए।…

  • ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड) द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी…

  • प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

    प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

    भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । गाउँपालिकाले विसं २०८०…

  • अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुई वटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी ) को…

  • मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

    मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

    मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन्। माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्। यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न…

  • यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

    यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

    गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा…

Scroll to Top