देशको सुरक्षा व्यावस्था नियन्त्रण बाहिर, शीर्ष नेता सेनाको सुरक्षामा
नेपालमा भ्रष्टाचारविरोधी जेन जी (Gen Z) आन्दोलन थप चर्किएको छ। आन्दोलनकारीहरूले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन्। सुरक्षा व्यवस्था नियन्त्रण बाहिर गएपछि नेपाली सेनाले शीर्ष नेता र मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको छ। यता, संसद् भवन पनि प्रदर्शनकारीको कब्जामा पुगेको छ । सेनाले अवरोध नगरेपछि प्रदर्शनकारी संसद् भवन प्रवेश…

