बालेनको ‘नआत्तिनुहोस्’देखि रास्वपाको चेतावनीसम्म : सरकार र सत्तारुढ दलबीच बढ्दै गएको दूरी
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे र भने- ‘नआत्तिनुहोस्।’ नआत्तिन उनले कसलाई भने त्यो प्रष्ट छैन। तर शुक्रबार दिउँसो बसेको संसद् बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारको आलोचना गरेपछि उनले नआत्तिन भनेको हुन सक्ने अनुमान गर्न गाह्रो छैन। शुक्रबारको संसद् बैठकमा रास्वपाका सांसद मनिस…

