गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र व्यापारीबीच वीरगञ्जमा झडप
वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरमा राजस्व छलीको आशंकामा गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र स्थानीय व्यापारीबीच आइतबार दिउँसो तीव्र झडप भएको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले व्यापारिक गोदाममा खानतलासी गर्ने क्रममा स्थिति तनावग्रस्त बनेको हो । झडपमा परी तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्…

