April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पीकरमा लुकाएर ल्याइएको डेढ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पीकरमा लुकाएर ल्याइएको डेढ किलो सुन बरामद

वैशाख २०, काठमडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो अवैध सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक रहेका छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

Advertisement