पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रणले ६ अर्बको आयात घट्ने
पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश– २०८२ पारितसँगै कार्यान्वयनमा जाने तयारीमा छ। यो निर्णयले देशको इन्धन सुरक्षा, आयात प्रतिस्थापन र विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्बबराबरको पेट्रोलियम आयात घटाउन सकिने छ। इथानोललाई प्रतिस्पर्धी बनाउन…

