Banijya News

अर्थनीति

बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

बुट (बिल्ड–अपरेट–ट्रान्सफर) मोडलमा कुल दुई सय ८१.६३ मेगावाट क्षमताका १४ जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ। विद्युत् विकास विभागले […]

१८ अंक बढ्यो नेप्से, तीन अर्ब २९ करोडको कारोबार

१८ अंक बढ्यो नेप्से, तीन अर्ब २९ करोडको कारोबार

मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रह्यो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन । १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर…


  • कोरियामा मेनपावरमार्फत श्रमिक पठाउने ई–७ कार्यविधि पुनः कार्यान्वयनमा

    कोरियामा मेनपावरमार्फत श्रमिक पठाउने ई–७ कार्यविधि पुनः कार्यान्वयनमा

    कोरियामा सीपयुक्त श्रमिक पठाउन निजी क्षेत्रलाई प्रवेश गराउने गरी जारी गरिएको ई–७ भिसासम्बन्धी कार्यविधि पुनः कार्यान्वयनमा आएको छ। उच्च अदालत पाटनले कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएपछि वैदेशिक रोजगार विभागमार्फत मेनपावर कम्पनीले ई–७ भिसामा श्रमिक कोरिया पठाउने बाटो खुलेको हो। यसअघि साउन ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक…

  • इसेवामा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

    इसेवामा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

    इसेवामा रोजगारीको अवसर खुलेको छ। कम्पनीले ललितपुर कार्यालयको लागि इन्टरनेसनल पार्टनरशिप एण्ड बिजनेस ग्रोथ अपिसर माग गरेको हो। इच्छुकले बिजनेस/फाइनान्स विषयमा स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ। एमबिए तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। साथै, सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीको भनाइ छ। इच्छुकले…

  • ११ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

    ११ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

    एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौताअनुसार काम नगर्ने निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको जनाएको छ । जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।…

  • धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम, कति पुगे सूचीकृत कम्पनी ?

    धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम, कति पुगे सूचीकृत कम्पनी ?

    धितोपत्र बजारको पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म धितोपत्र बजारको कुल पुँजीकरण उक्त रकममा सीमित भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार…

  • साना किसान विकास लघुवित्तको सीईओमा अधिकारी नियुक्त

    साना किसान विकास लघुवित्तको सीईओमा अधिकारी नियुक्त

    साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बासु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थाको सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

  • ११ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

    ११ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

    आजदेखि बाघ गणना कार्य शुरु हुँदैछ । हरेक चार वर्षमा गरिने बाघको गणना आजदेखि शुरु हुन लागेको हो । चितवनको सौराहामा औपचारिक कार्यक्रम गरी बाघ गणना शुरु गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भू–संरक्षण विभागको समन्वयमा गरिने बाघ…

  • चन्द्रागिरि हिल्सले हकप्रद जारी गर्ने

    चन्द्रागिरि हिल्सले हकप्रद जारी गर्ने

    चन्द्रागिरि हिल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश समेत पारित गर्न लागेको छ । जसका लागि पुस २३ गते १६औँ वार्षिक साधारण सभा…

  • नेपाल-कोरिया ऊर्जा सहकार्य विस्तारमा जोड

    नेपाल-कोरिया ऊर्जा सहकार्य विस्तारमा जोड

    ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ काठमाडौंमा सम्पन्न भएको छ । नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधिको सहभागिता विस्तार गर्ने उद्देश्यका साथ नेपालस्थित कोरिया दूतावास र स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सेमिनारमा इप्पानका अध्यक्ष गणेश कार्कीले यसलाई नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको…

  • पर्यटन प्रवर्द्धनका लागि इलाममा पदयात्रा गरिँदै

    पर्यटन प्रवर्द्धनका लागि इलाममा पदयात्रा गरिँदै

    नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निशान फर्काइएको 'निशान पदमार्ग' प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ। सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणशार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो। सूर्योदय नगरपालिका, इलाम नगरपालिका,…

  • ७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

    ७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

    नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै आज पौष एक गते मंगलबारदेखि कर्मचारीहरू हडतालमा उत्रिएका हुन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका अध्यक्ष समक्ष विभिन्न माग राख्दै आएका थिए । उनीहरुले पटक-पटक लिखित तथा मौखिकरुमा माग राख्दै…

Scroll to Top