नीतिगत स्पष्टता बिना प्रस्तुत बजेटले अर्थतन्त्र चलायमान बनाउन नसक्ने
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटले मुलुकको अर्थतन्त्रमा देखिएका गम्भीर समस्याहरू समाधान गर्न सक्ने सम्भावना न्यून रहेको अर्थतन्त्रका विज्ञहरूले बताएका छन्। नेपाल बुद्धिजीवी संगठन काठमाडौं जिल्ला समितिद्वारा आयोजित ‘बजेट २०८२/८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनीहरूले यस्तो धारणा राखेका हुन्। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलले दुई…

