सरकारले निजी क्षेत्रका एजेन्डालाई आफ्नै रूपमा ग्रहण गर्दै अघि बढेको छ : निवर्तमान अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघ का निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको उत्थान, कानुनी अड्चन फुकाउने र सरकारसँगको सम्बन्ध सुधार गर्ने दिशामा ऐतिहासिक पहलहरू भएको बताएका छन्। बुधबार महासंघको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। ढकालले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई आफ्नो कार्यकालको महत्वपूर्ण…

