ग्यासको अभावपछि बजार अनुगमन तीव्र बनाउँदै निगम
बजारमा खाना पकाउने ग्यासको अभाव तथा खानेतेल, दाल, चामललगायतको भाउ बढेको जस्ता समस्या देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र बनाएको छ । अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या र अभावको उपभोक्ताबाट गुनासा बढेपछि उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा निरन्तर…

