Banijya News

बाणिज्य

जेनजी आन्दोलनको एक वर्ष : राष्ट्रिय वाणिज्य बैंकको लुटिएको सुन अझै विवादमै

जेनजी आन्दोलनको एक वर्ष : राष्ट्रिय वाणिज्य बैंकको लुटिएको सुन अझै विवादमै

जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि त्यस क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनको क्षतिपूर्ति विवाद […]

ग्यास आपूर्ति सहज बनाउन जुनै कम्पनीको ग्यास सिलिण्डर साट्न पाइने व्यवस्था

ग्यास आपूर्ति सहज बनाउन जुनै कम्पनीको ग्यास सिलिण्डर साट्न पाइने व्यवस्था

भोटेकोशी नदीमा आएको बाढीका कारण ढुवानी तथा आपूर्ति प्रणाली प्रभावित भएपछि सरकारले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था अघि सारेको छ। उपभोक्ताले आफ्नो नियमित ब्रान्डको सिलिन्डर नपाउँदा अर्को कम्पनीको सिलिन्डर प्रयोग गर्न सक्ने गरी अस्थायी व्यवस्था मिलाउन लागिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले…


  • फरवार्ड माइक्रोफाइनान्सद्वारा बाढी पिडितका लागि ३० लाख सहयोग

    फरवार्ड माइक्रोफाइनान्सद्वारा बाढी पिडितका लागि ३० लाख सहयोग

    रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको…

  • कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वरमार्फत सो सहयोग प्रदान गरेको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण…

  • बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

    बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिफल वितरण गर्ने प्रक्रिया अघि बढाएका छन् । हालसम्म तीन वाणिज्य बैंक र तीन विकास बैंकले लाभांशसम्बन्धी प्रस्ताव सार्वजनिक गरिसकेका छन् । केही संस्थाले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारणसभाको मिति समेत तय गरेका छन्…

  • विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

    विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेसँगै आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। प्राप्तिपछि दुवै संस्था अब स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट सञ्चालनमा आएका छन्। दुई संस्थाको एकीकरणसँगै स्वरोजगार लघुवित्तको पुँजी, शाखा सञ्जाल, सदस्य संख्या तथा कारोबारको आकार उल्लेख्य रूपमा विस्तार भएको छ।…

  • तीन सातामै प्याजको भाउ ५३ प्रतिशतले बढ्यो, उपभोक्ता मारमा

    तीन सातामै प्याजको भाउ ५३ प्रतिशतले बढ्यो, उपभोक्ता मारमा

    नेपाली भान्सामा दैनिक प्रयोग हुने प्याजको मूल्य पछिल्लो तीन सातामा अस्वाभाविक रूपमा बढेको छ। भारतबाट हुने आयातमा अत्यधिक निर्भर नेपाली बजारमा भारतीय बजारमै प्याज महँगिएपछि त्यसको प्रत्यक्ष असर यहाँ परेको हो। चाडपर्व नजिकिँदै गर्दा प्याजको मूल्य बढेपछि उपभोक्ताको भान्साको खर्चसमेत बढेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार…

  • पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा नयाँ इतिहास, शोभा गौतम पहिलो महिला अध्यक्ष निर्वाचित

    पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा नयाँ इतिहास, शोभा गौतम पहिलो महिला अध्यक्ष निर्वाचित

    पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। संघको ३६औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट निवर्तमान महासचिव शोभा गौतम अध्यक्षमा निर्वाचित हुँदै नयाँ इतिहास रचेकी छन्। चार जना उम्मेदवारबीच भएको कडा प्रतिस्पर्धामा गौतमले सर्वाधिक मत प्राप्त गर्दै संघको सर्वोच्च नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन्। निर्वाचन…

  • कर्जा विस्तार सुस्त हुँदा धमाधम शाखा घटाउँदै बैंकहरु

    कर्जा विस्तार सुस्त हुँदा धमाधम शाखा घटाउँदै बैंकहरु

    कर्जा प्रवाहमा आएको संकुचनका कारण आम्दानीमा दबाब बढेपछि वाणिज्य बैंकहरूले सञ्चालन खर्च घटाउने रणनीति अघि सारेका छन् । दैनिक कारोबार तथा सेवा प्रवाहमा लाग्ने खर्च कटौतीसँगै बैंकहरूले व्यावसायिक रूपमा कमजोर र सञ्चालन खर्च बढी भएका शाखा कार्यालय बन्द गर्ने तथा नजिकका शाखामा गाभ्ने क्रम तीव्र बनाएका हुन् । बैंकहरूले डिजिटल…

  • बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्रको सहयोग निरन्तर रहने चन्द्र ढकालको प्रतिबद्धता

    बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्रको सहयोग निरन्तर रहने चन्द्र ढकालको प्रतिबद्धता

    आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, प्राथमिक उपचार र अत्यावश्यक सेवा सञ्चालनका लागि निजी क्षेत्रबाट भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पुगेको क्षतिको स्थलगत अवलोकनपछि ढकालले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा…

  • सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

    सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण तत्काल रोक्न निर्देशन दिएकी छन् । उनले वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिँदै सुधारका लागि उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी हुन् । मन्त्रालयमा सोमबार उद्योगीहरूसँग भएको छलफलमा मन्त्री गौरीले लामो समयदेखि…

Scroll to Top