डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव
कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा निर्माण हुन लागेको ९७.४३ मेगावाट क्षमताको डाँडागाउँ–खलंगा भेरी अर्धजलाशय जलविद्युत् आयोजनामा २६ अर्ब २४ करोड रुपैयाँको लगानी प्रस्तावित गरिएको छ। आयोजना निर्माणको पूर्वतयारीसँगै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ र वन तथा वातावरण मन्त्रालयले राय सङ्कलन प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त आयोजनाले…

