साउनमै २४ अर्ब १० करोड एफडीआई स्वीकृत
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएको देखिएको छ । यसमध्ये अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ…

