सेयर बजारमा १० लाखको कारोबार रिपोर्टिङले ल्याएको तरंग, नयाँ निर्देशनमा के छ ?
सेयर बजारमा एकै दिन १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्ने लगानीकर्ताको विवरण वित्तीय जानकारी इकाईमा पठाउनुपर्ने व्यवस्थालाई लिएर यति बेला बहस चर्किएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशन जारी गरेपछि लगानीकर्तामाझ यसले अन्योल सिर्जना गरेको हो ।…

