आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी, चिकित्सा शिक्षा सुधारलाई मुख्य एजेन्डा
चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका पक्षमा लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २४औँ आमरण अनसन बिहीबारदेखि कैलालीको धनगढीमा सुरु गर्ने भएका छन्। दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा उनी सत्याग्रहमा बस्ने कार्यक्रम तय गरिएको छ। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको, बारम्बार उठाइएका…

