Banijya News

राजनीति

सर्वोच्चको परमादेशपछि ओली र लेखक हाजिर जमानीमा रिहा हुँदै

सर्वोच्चको परमादेशपछि ओली र लेखक हाजिर जमानीमा रिहा हुँदै

सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको सहमतिसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ‘खोजी भएको बेला उपस्थित हुने’ […]

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । सभामुख डीपी अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।


  • मैले संसदमा बोलेका कुरा पार्टीकै लाइन अनुसार थियो: बादल

    मैले संसदमा बोलेका कुरा पार्टीकै लाइन अनुसार थियो: बादल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले आफूले पार्टीको लाइनअनुसार नै संसदीय दलको नेताको हैसियतमा प्रतिनिधि सभाको बैठकमा धारणा राखेको बताएका छन्। कास्की पुगेका कार्यवाहक अध्यक्ष थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलप्रति असन्तुष्टि जनाए। उनले भने, ‘संसद्को पहिलो बैठकमा पार्टीको दल नेताको हैसियतले मैले जे कुराहरू भने त्यो…

  • नातावाद र कृपावादको भाइरसबाट शासन प्रणालीलाई जोगाऔँ : सांसद पुनको आग्रह

    नातावाद र कृपावादको भाइरसबाट शासन प्रणालीलाई जोगाऔँ : सांसद पुनको आग्रह

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसी र चाकरीवाद जस्ता प्रवृत्तिले नेपालको शासन प्रणालीलाई धराशयी बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन। नेपाल एकीकरणको समयदेखि नै यस्ता विकृतिहरू मौलाउँदै आएको दाबी गर्दै उनले सरकार र राजनीतिक दलहरूलाई यी 'भाइरस' बाट मुक्त हुन कडा…

  • देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

    देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

     पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । त्यसक्रममा ठूलो…

  • अवैध क्रसर बन्द गर्न गृहमन्त्रीको निर्देशन

    अवैध क्रसर बन्द गर्न गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री सुधन गुरुङले अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर बन्द गर्न निर्देशन दिएका छन्। गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आज अनुगमन–निरीक्षणका क्रममा उनले गिट्टी–बालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै चासो व्यक्त गरे। “पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर…

  • संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक आज

    संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक आज

    प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । ​कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधान…

  • होर्मुज खुलाउने सर्तमा अमेरिका–इरान दुई साताका लागि युद्धविराम

    होर्मुज खुलाउने सर्तमा अमेरिका–इरान दुई साताका लागि युद्धविराम

    अमेरिका र इरानबीच जारी तनावपूर्ण युद्ध अन्ततः अस्थायी रूपमा रोक्ने सहमति भएको छ। दुवै देशले दुई साताका लागि युद्धविराम गर्न सहमति जनाएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न दिएको अन्तिम समयसीमा सकिनु दुई घण्टा अगाडि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविराम घोषणा गरेका हुन्। छ हप्तादेखि जारी…

  • भूमि सम्बन्धी समस्यालाई प्राथमिकतामा राखौँ : गणेश कार्की

    भूमि सम्बन्धी समस्यालाई प्राथमिकतामा राखौँ : गणेश कार्की

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा, बुवा र आमासँगै मोरङ ३ मा झर्नुभएको । धनीपुर्जा आउला भन्दा भन्दै उहाँको…

  • राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित

    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित

    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका प्रमुख सचेतक रोकायालाई सभापतिमा चयन गरेको हो ।  बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस…

  • Default Image

    मन्त्रीहरूको वरीयतामा हेरफेर: को कतिमा ?

    मन्त्रिपरिषद्का सदस्यको वरीयतामा व्यापक हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (चैत २४) मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन् । मन्त्रिपरिषद्को दोस्रो वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नै निरन्तरता दिइएको छ । तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाललाई तोकिएको छ । उनी यसअघि चौथो वरीयतामा थिए ।…

  • मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः कुन क्षेत्रमा के भयो ?

    मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः कुन क्षेत्रमा के भयो ?

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुलुकको पूर्वाधार विकास, प्रशासनिक नियुक्ति र आर्थिक संकट व्यवस्थापनका क्षेत्रमा दुरगामी महत्त्व राख्ने निर्णयहरू गरेको छ। बैठकले विशेष गरी अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने वैदेशिक सहायताको ढोका खोलेको छ। भौतिक…

Scroll to Top