सोलु हाइड्रोपावरको लक-इन अवधि साउन ११ मा सकिने
सोलु हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि बाँडफाँट गरेको सेयरको 'लक-इन' अवधि (बिक्रीमा प्रतिबन्ध लगाइएको समय) आगामी साउन ११ गते सकिने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को विद्यमान व्यवस्था अनुसार सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दा म्युचुअल फन्डहरूलाई छुट्याइएको सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न…

