एमालेको घोषणापत्र : १०० खर्बको अर्थतन्त्र, आय ३ हजार डलर र वार्षिक ५ लाख रोजगारी
नेपालको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । राजधानी काठमाडौँमा सार्वजनिक गरिएको उक्त घोषणापत्रमार्फत पार्टीले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० खर्ब रुपैयाँको आकारमा पु¥याउने, प्रतिव्यक्ति आय…

