Banijya News

कर

रसुवागढी नाकाबाट भित्रिने मालवाहक कन्टेनर कोरलातर्फ डाइभर्ट

रसुवागढी नाकाबाट भित्रिने मालवाहक कन्टेनर कोरलातर्फ डाइभर्ट

भदौ १० गते बुधबार आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु तथा कन्टेनर मुस्ताङको कोरलानाकातर्फ […]

रसुवागढी भन्सारमा भीषण क्षति : २५ कर्मचारी सम्पर्कमा, बाँकीको खोजी जारी

रसुवागढी भन्सारमा भीषण क्षति : २५ कर्मचारी सम्पर्कमा, बाँकीको खोजी जारी

तिब्बतबाट आएको अप्रत्यासित बाढीका कारण रसुवागढी नाकास्थित भन्सार कार्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले भन्सार कार्यालयको संरचना पूर्ण रूपमा ध्वस्त बनाएपछि त्यहाँ कार्यरत कर्मचारीहरूको अवस्था र सुरक्षाबारे चिन्ता बढेको छ। अर्थ मन्त्रालयका अनुसार हालसम्म भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् भने बाँकी कर्मचारीहरूको…


  • कर विवरण सच्याउन करदातालाई सात दिनको सुविधा

    कर विवरण सच्याउन करदातालाई सात दिनको सुविधा

    आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानुनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । करदाताले भोग्दै आएका प्रशासनिक झन्झट घटाउनुका साथै राजस्व प्रशासनमा हुन सक्ने अनियमितता तथा चलखेल नियन्त्रण गर्ने उद्देश्यले विभागले सुधारका कदम अघि बढाएको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार…

  • विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताएका हुन् ।…

  • मधेशमा बन्द भए एक हजार नौ सयबढी उद्योग

    मधेशमा बन्द भए एक हजार नौ सयबढी उद्योग

    मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य क्षेत्रका १ हजार ९३८ उद्योग व्यवसाय बन्द भएका छन् । आर्थिक मन्दीलगायतका कारण ती उद्योग व्यवसाय बन्द भएको बताइएको छ । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार सो अवधिमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्मको…

  • नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला

    नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला

    नागढुङ्गा सुरुङमार्ग निजी सवारीसाधनका लागि खुला गरिएको छ । सोमबारदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत चारपाङ्ग्रे निजी सवारीलाई सुरुङमार्ग हुँदै आवतजावत गर्न अनुमति दिइएको हो । करिब एक महिनाअघि उद्घाटन गरिएको सुरुङमार्ग आजदेखि निजी सवारीका लागि निःशुल्क सञ्चालनमा ल्याइएको नागढुङ्गा आयोजनाका डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए…

  • कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने घिसिङको घोषणा

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने घिसिङको घोषणा

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणलाई प्रत्यक्ष आर्थिक भार पर्ने गरी सरकारले अघि सारेको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । उनले सरकारको करसम्बन्धी निर्णयको विरोधमा स्थानीय तहसम्म पुगेर नागरिकको समर्थन जुटाउने तयारी भइरहेको जानकारी दिएका छन् । रामेछापको मन्थलीमा आइतबार आयोजित हस्ताक्षर संकलन तथा पत्रकार भेटघाट…

  • नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीका लागि अहिले भृकुटीमण्डपमा स्टल निर्माण तथा प्राविधिक व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका साथै अटो पाट्र्स तथा…

  • पूर्वी नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

    नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । गत आवमा विभिन्न मुलुकबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर…

  • गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी बाटो खोल्ने सरकारको संकेत

    गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी बाटो खोल्ने सरकारको संकेत

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा शुक्रबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्री वाग्लेले गाँजाको उत्पादन तथा…

  • विदेशमा रहेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

    विदेशमा रहेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

    विदेशमा रहेका नेपालीले अबदेखि त्यही रहेको नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गर्नसक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । विभागले जारी गरेको सूचनामा भनिएको छ– विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी…

Scroll to Top