रसुवा बाढीको असर : ३८४ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीका कारण प्रभावित क्षेत्रमा रहेका हालसम्म ३८४ जना पदयात्री तथा पर्यटकहरू सम्पर्कविहीन वा बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति अद्यावधिक अनुसार सम्पर्कविहीन भएकाहरूमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् ।…

