नागढुंगा सुरुङमार्गमा टोल ट्याक्स स्वीकृत, वार्षिक २५ करोड नाफाको अनुमान
मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गमा सवारीसाधनबाट उठाउने टोल ट्याक्स (शुल्क) स्वीकृत गरेको छ। सोमबार बसेको समितिको बैठकले सडक बोर्डले प्रस्ताव गरेको दरलाई स्वीकृति दिएको हो। यस निर्णयपछि अब मन्त्रिपरिषद्को औपचारिक अनुमोदनपछि शुल्क लागू हुनेछ। समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टोल ट्याक्ससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को आगामी…

