उत्पादन र कृषिमा लगानी बढेपनि उपभोग क्षेत्र अझै अग्रस्थानमा
नेपालको बैंकिङ प्रणालीमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै विस्तार हुँदै गए पनि कर्जाको वितरण संरचनाले अर्थतन्त्रको वास्तविक प्राथमिकता कता केन्द्रित छ भन्ने स्पष्ट संकेत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको तथ्यांकले वाणिज्य बैंकहरूले ठूलो परिमाणमा कर्जा प्रवाह गरे पनि त्यसको सबैभन्दा ठूलो हिस्सा उपभोगसँग सम्बन्धित क्षेत्रमा…

