Banijya News

बाणिज्य

फेदीखोलाले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्ने

फेदीखोलाले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्ने

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। सो कम्पनीको साधारणसभाले […]

उद्योग दर्ताको तुलनामा बन्द हुने दर बढ्यो

उद्योग दर्ताको तुलनामा बन्द हुने दर बढ्यो

पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता…


  • धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

    काठमाडौँको सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ। नियमित बजार अनुगमनका क्रममा उक्त मम पसलले बिक्रीका लागि तयार पारेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डको पालना नगरिएको पाइएपछि यो कारबाही गरिएको हो। काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी…

  • गत आर्थिक वर्ष लुम्बिनीमा थपिए तीन हजार उद्योग

    गत आर्थिक वर्ष लुम्बिनीमा थपिए तीन हजार उद्योग

    गत आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशमा ३ हजार २६७ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग पर्यटन तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी सन्तोषकुमार सुवेदीका अनुसार रुपन्देहीमा ८८२, बाँकेमा ६५७, नवलपरासी पश्चिममा ३१७, कपिलवस्तुमा ३३३ वटा घरेलु तथा साना उद्योग थपिएका हुन् । दाङमा ४४९,…

  • दैलेखको मिथेन ग्यास उत्खननमा सरकारको अलमल

    दैलेखको मिथेन ग्यास उत्खननमा सरकारको अलमल

    दैलेखमा भेटिएको ११२ अर्ब घनमिटर मिथेन ग्यासले नेपाललाई स्वदेशी ऊर्जा स्रोततर्फ उन्मुख गराउने संकेत देखाए पनि यसको उत्खनन र व्यावसायिक उत्पादनको प्रक्रिया अन्योलमा परेको छ। चिनियाँ विज्ञद्वारा गरिएको प्रारम्भिक अध्ययनले ५० वर्षसम्म प्रयोग गर्न सकिने ग्यास भण्डार रहेको पुष्टि गरे पनि अहिलेसम्म सरकारले स्पष्ट रणनीति तय गर्न सकेको छैन। यसैबीच,…

  • बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

    बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन क्रममा उपभोक्ताको अधिकार हनन गर्ने र कानुनी प्रक्रिया पूरा नगरी व्यावसाय सञ्चालन गर्ने व्यावसायी तथा फर्मलाई धमाधम कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले मंगलबार मात्र २ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको…

  • उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन समितिको सिफारिस

    उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी पहलमै चलाउन समितिको सिफारिस

    बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पुन: सञ्चालनका लागि तत्काल पहलकदमी लिन संघीय सरकारलाई संसदीय समितिले सुझाएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभाक्ताहित समितिले गठन गरेका दुईवटा उपसमितिले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग तत्काल सञ्चालनका लागि सरकारीस्तरबाटै पहल गर्न सिफारिस गरेका छन् । समितिले…

  • ‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

    ‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन वाइवा–सलार जेभीले पौने ११ अर्ब लागतमा निर्माण गर्ने भएको छ । नेपालको वाइवा–सलार जेभीले सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा उक्त परियोजना निर्माणको ठेक्का पाएको हो । एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले हात…

  • उन्नत औद्योगिक चरणमा जान इन्डष्ट्री फोर कार्ययोजना बनाउँदै मन्त्रालय

    उन्नत औद्योगिक चरणमा जान इन्डष्ट्री फोर कार्ययोजना बनाउँदै मन्त्रालय

    सरकारले प्रविधिको उच्चतम प्रयोग गर्नेगरी चौथो औद्योगिक क्रान्ति (इन्डष्ट्री फोर) अवधारणा ल्याउन लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संयुक्त रुपमा इन्डष्ट्री फोरको कार्यायोजना मस्यौदा तयारी थालेका छन् । चालू आर्थिक वर्षको बजेटमा सरकारले उद्योग क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउन इन्डष्ट्री फोरको अवधारणा ल्याएको…

  • दैलेखको मिथेन ग्यासमा स्वामित्व लिन नेपाल आयल निगमलाई कर्मचारी युनियनको आग्रह

    दैलेखको मिथेन ग्यासमा स्वामित्व लिन नेपाल आयल निगमलाई कर्मचारी युनियनको आग्रह

    नेपाल आयल निगमको स्वतन्त्र कर्मचारी युनियनले दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा भेटिएको मिथेन ग्यासको व्यावसायिक उत्पादनमा निगमको स्वामित्व सुनिश्चित गर्न माग गरेको छ। यसले एलपी ग्यास आयात प्रतिस्थापन गर्न र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउन सक्ने युनियनको भनाइ छ। चाइना जिओलोजीकल सर्भेले गरेको प्रारम्भिक अध्ययनअनुसार दैलेखमा ११२ अर्ब घनमिटर मिथेन ग्यास भण्डारण…

  • काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

    काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

    नेपालकै पहिलो र एकमात्र पूर्ण भिट्रिफाइड टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको थलीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै कम्पनीले शुक्रबार एक औपचारिक समारोहबीच ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरेको हो । उद्घाटन समारोहमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार…

  • रोकिएन कालीगण्डकी दोहन

    रोकिएन कालीगण्डकी दोहन

    बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ । कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर…

Scroll to Top