बैंकमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य, परिचयपत्र नभए के हुन्छ ?
बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले यसको अद्यावधिक विवरण लिनुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।…

