Banijya News

समाचार

चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

विगत चार महिनादेखि रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया खुलेको छ । यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालयहरू तथा […]

प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा सरकारका नियमित तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।


  • रवि लामिछानेले गरे सर्वदलीय बैठक आह्वान

    रवि लामिछानेले गरे सर्वदलीय बैठक आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलगायत विषयमा छलफल हुने खरेलले जानकारी दिए।

  • हवाई यात्रुको अधिकार र क्षतिपूर्ति कानुनमै सुनिश्चित गर्ने तयारी

    हवाई यात्रुको अधिकार र क्षतिपूर्ति कानुनमै सुनिश्चित गर्ने तयारी

    सरकारले हवाई यात्रुको अधिकार तथा क्षतिपूर्तिलाई कानुनी रूपमा सुनिश्चित गर्ने तयारी गरेको छ । उडान रद्द हुने, ढिलाइ हुने, ब्यागेज हराउने तथा हवाई दुर्घटनाबाट हुने क्षतिजस्ता घटनामा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै समेट्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले मंगलबार राष्ट्रिय सभाअन्तर्गतको…

  • श्वेत गंगा हाइड्रोपावरको साधारण सभा असोज २७ मा, लाभांश प्रस्ताव भने छैन

    श्वेत गंगा हाइड्रोपावरको साधारण सभा असोज २७ मा, लाभांश प्रस्ताव भने छैन

    श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आगामी असोज २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको चण्डोलस्थित कुण्डलीनी ब्याङ्क्वेटमा सभा बोलाउने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीलाई कुनै पनि लाभांश…

  • विपद्पछि ऊर्जा व्यवस्थापनलाई प्राथमिकता दिँदै ऊर्जामन्त्री श्रेष्ठले कोरिया भ्रमण रद्द गरे

    विपद्पछि ऊर्जा व्यवस्थापनलाई प्राथमिकता दिँदै ऊर्जामन्त्री श्रेष्ठले कोरिया भ्रमण रद्द गरे

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। मुलुकमा आएको प्राकृतिक विपद्का कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि तत्काल उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति व्यवस्थापनमा केन्द्रित हुनुपर्ने भएकाले उनले विदेश भ्रमण स्थगित गरेका हुन्। भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले ऊर्जा क्षेत्रका विभिन्न संरचनामा…

  • नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त

    नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त

    नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मिनबहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। सञ्चालक समितिको निर्णयअनुसार बोहराको नियुक्ति असोज १ गतेदेखि लागू हुनेछ। नियुक्तिसँगै उनले संस्थाको प्रमुख कार्यकारी अधिकृतका…

  • पियोर इनर्जीको नवौँ वार्षिक साधारण सभा असोज २३ मा, यस्ता छन् एजेन्डा

    पियोर इनर्जीको नवौँ वार्षिक साधारण सभा असोज २३ मा, यस्ता छन् एजेन्डा

    पियोर इनर्जी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २३ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन…

  • गरिमा विकास बैंकको २०औँ साधारण सभा असोज २६ मा, २० प्रतिशत लाभांश अनुमोदन गरिने

    गरिमा विकास बैंकको २०औँ साधारण सभा असोज २६ मा, २० प्रतिशत लाभांश अनुमोदन गरिने

    गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्न २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आगामी असोज २६ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। सभाको…

  • माछापुच्छ्रे बैंकको १.९३ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    माछापुच्छ्रे बैंकको १.९३ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ठूलो परिमाणको शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक शेयर बिक्रीका लागि उपलब्ध गराएको जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार प्रारम्भिक चरणमा उक्त शेयर खरिद गर्ने अवसर केवल…

  • सांग्रिला डेभलपमेन्ट १०.५२ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

    सांग्रिला डेभलपमेन्ट १०.५२ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदन गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो २२औँ वार्षिक साधारण सभा असोज २२ गते बिहीबार काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना गर्ने जनाएको छ। सभा बिहान १० बजेदेखि सुरु हुनेछ। बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशलाई…

  • असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, अधिकांश बैंकले कायम राखे पुरानै दर

    असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, अधिकांश बैंकले कायम राखे पुरानै दर

    नेपालका वाणिज्य बैंकहरूले असोज २०८३ का लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त मात्रामा उपलब्ध भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको प्रभाव निक्षेपको ब्याजदरमा देखिएको छ। यही कारण अधिकांश बैंकहरूले ब्याजदर घटाउने वा यथावत राख्ने नीति अवलम्बन गरेका छन्। सार्वजनिक विवरणअनुसार, २०…

Scroll to Top