Banijya News

पत्रपत्रिका

यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा

नेपालमा यसवर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर […]

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रमाउँनेको घुइँचो दैनिक बढ्दै

पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा । जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ ।…


  • Default Image

    सहमति नभएपछि लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि मतदान

    नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर आज बिहानदेखि सुरु गरिएको हो । बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन आयोगले बताएको छ । भदौ १६ गतेदेखि बुटवलको…

  • Default Image

    हवाई सेवा सञ्चालनमा कस्ता आए नयाँ मापदण्ड ?

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’ को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीन वटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।…

  • Default Image

    जनकपुरधाममा रक्षा बन्धनको रौनक : अढाइ करोडको मिठाई बिक्री

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन (राखी पर्व), जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले राहत महसुस…

  • Default Image

    गाई काट्दै गरेको अभियोगमा तीन जना पक्राउ

    तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगी काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै…

  • Default Image

    एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल : डा. महत

    भ्यानकुभर, क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपाल रहेको…

  • Default Image

    युरोप पुग्ने आशाका नेपाली : बेवारिसे मृत्यु, न्यून उजुरी

    ‘आज राति म अनलाइनमा आउन्नँ, अब दश दिनपछि मात्रै कल गर्छु । त्यही भन्दे आमालाई, पीर गर्नुपर्दैन ।’ पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासीको कावासोती बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको फेदमै छ, सानो बस्ती– छिपछिपे । यही बस्तीमा जस्तापाताले छाएको सानो घरमा बस्छन्, यमकला तिवारी र उनका जेठा छोरा दीपेन्द्र ।…

  • Default Image

    गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

    नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् । बिहीबार सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे । “निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका…

  • Default Image

    प्रमोद खरेलकाे ‘गंगा जमुना’ काे फर्स्ट लुक सार्वजनिक

    गायक प्रमोद खरेलले ‘गंगा जमुना’ बोलको गीत बजारमा ल्याउने तयारी गरेका छन्। गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्। ‘गंगा जमुना’मा राजेन्द्र थापाको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ। अङ्समसले संगीत संयोजन गरेको गीतमा श्यामश्वेत रसाइलीले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन्। गीतको भिडियोमा अभिनेता…

  • Default Image

    नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : कोइराला

    नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने…

  • Default Image

    आइएमई लाइफको साधारण सेयर नेप्सेमा सूचीकृत

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्से सिम्बोल आइएलआई राखेर साधारण सेयर कारोबारका लागि एक सय रुपैयाँ चुक्ता मूल्य कायम भएको चार करोड कित्ता सेयर सूचीकृत गर्ने सम्बन्धमा कम्पनी र नेप्सेबीच सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणसमक्ष सिभिल क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन…

Scroll to Top