कांग्रेस महाधिवेशनको मतगणना जारी: उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। पछिल्लो मतगणनाको विवरणअनुसार दुवै पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा जारी छ। उपसभापति र महामन्त्रीका विभिन्न समूहमा उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा स्थान परिवर्तन भइरहेका…

