Banijya News

राजनीति

उखु किसानद्वारा गत वर्षको अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा प्रदर्शन

उखु किसानद्वारा गत वर्षको अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा प्रदर्शन

गत आर्थिक वर्ष २०८१/८२ को उखु अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । उखु उत्पादक […]

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।


  • प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

    प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सबैलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिनको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले आज बिहानै आफ्नो बुबासँग आशीर्वाद…

  • लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलको माध्यमबाट समाधान गरोस्ः खतिवडा

    लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलको माध्यमबाट समाधान गरोस्ः खतिवडा

    नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए। उनले सीमा विवादजस्ता संवेदनशील…

  • उपसभामुख राना संसदलाई जानकारी नै नदिइ गएकी थिइन् अमेरिका

    उपसभामुख राना संसदलाई जानकारी नै नदिइ गएकी थिइन् अमेरिका

    उपसभामुख इन्दिरा राना संसदलाई जानकारी नै नदिइ अमेरिका भ्रमणमा गएको पाइएको छ। उनले संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाएकी थिइन्। कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी…

  • प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

    प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो, त्यसको केही दिनमै…

  • भूमि विधेयक संसदीय समितिबाट पारित

    भूमि विधेयक संसदीय समितिबाट पारित

    सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ । समितिको आजको बैठकको बहुमतले भूमि विधेयक पारित गरेको हो । भूमि विधेयकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच पनि विवाद हुँदै आएको थियो । केही दिनअघि बालुवाटारमा…

  • विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान हटाउन प्याब्सनको माग

    विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान हटाउन प्याब्सनको माग

    संस्थागत विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेश ‘अव्यावहारिक र अन्यायपूर्ण’ प्रावधान हटाउन सरकारसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुवै संस्थाले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने र विद्यालयहरूले पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना तथा खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने…

  • उपसभामुख हटाउने कांग्रेस–एमालेको प्रयासप्रति रास्वपाको आपत्ति

    उपसभामुख हटाउने कांग्रेस–एमालेको प्रयासप्रति रास्वपाको आपत्ति

    उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुखजस्तो जिम्मेवार…

  • गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

    गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

    नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमन कडाइ गर्न नयाँ कानून ल्याउने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक गर्दै सर्वसाधारणलाई सुझाव दिन आह्वान गरेको छ । मस्यौदामा नेपालभित्र कुनै पनि परियोजना सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले अर्थ मन्त्रालयमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको…

  • प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् । ‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् । योसँगै आज तय भएको…

  • प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। यो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार…

Scroll to Top