Banijya News

अर्थनीति

६६ खर्ब पुग्यो मुलुकको अर्थतन्त्रः बागमतीको हिस्सा ३६ प्रतिशत हुँदा मधेश सबैभन्दा सुस्त, अन्यको अवस्था कस्तो ?

६६ खर्ब पुग्यो मुलुकको अर्थतन्त्रः बागमतीको हिस्सा ३६ प्रतिशत हुँदा मधेश सबैभन्दा सुस्त, अन्यको अवस्था कस्तो ?

नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (पीजीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । […]

गुणस्तरहीन डाबर हनी तत्काल बजारबाट हटाउन सरकारको आदेश

गुणस्तरहीन डाबर हनी तत्काल बजारबाट हटाउन सरकारको आदेश

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुको गुणस्तरमा लापरवाही देखिएको भन्दै सरकारले डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’को एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरेको नमूनाको प्रयोगशाला परीक्षणपछि उक्त मह तोकिएको मापदण्डअनुसार गुणस्तरीय नभएको पुष्टि…


  • १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा लैजाँदै हिमालयन बैंक

    १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा लैजाँदै हिमालयन बैंक

    हिमालयन बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको ४९३ औँ बैठकले गरेको निर्णयअनुसार १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा लैजान लागिएको हो । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को प्रावधान अनुसार, संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम…

  • सहकारी पीडितमध्ये  तिन सय ४ जनाले पाए बचत रकम फिर्ता

    सहकारी पीडितमध्ये तिन सय ४ जनाले पाए बचत रकम फिर्ता

    सरकारले समस्याग्रस्त सहकारीमा फसेको सर्वसाधारणको रकम फिर्ता गर्ने क्रमलाई निरन्तरता दिँदै थप ३ सय ४ जना साना बचतकर्ताको पैसा फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचत रकमको आधारमा वर्गीकरण गरी साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुरूप यो रकम उपलब्ध गराएको हो। यस अन्तर्गत बुधबार शिव शिखर बहुउद्देश्यीय सहकारीका २…

  • बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

    बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

    गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई नयाँ तेलका रूपमा व्याख्या गरेका थिए । अर्थात् आधुनिक अर्थतन्त्रमा डेटा (सूचना)ले तेलले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उनको भनाइ थियो । औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत तेल थियो, कार, उद्योग, यातायात सबै तेलमा निर्भर…

  • पेट्रोलमा इथानोल मिश्रण प्रक्रिया अघि बढ्यो, इथानोल आपूर्ति गर्न आह्‌वान

    पेट्रोलमा इथानोल मिश्रण प्रक्रिया अघि बढ्यो, इथानोल आपूर्ति गर्न आह्‌वान

    सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीतिगत व्यवस्था गरेसँगै नेपाल आयल निगमले यसको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ । यसका लागि निगमले स्वदेशी उत्पादकहरूलाई तोकिएको गुणस्तर अनुसारको इथानोल आपूर्ति गर्न आह्वान गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २०८२ फागुन २८ गते राजपत्रमा पेट्रोलमा इथानोल मिश्रण गरी…

  • तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो

    तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो

    नेपालबाट भारततर्फ हुने चिया निर्यातमा भएको अवरोध अन्ततः खुलेको छ । विगत तीन सातादेखि नेपालबाट भारततर्फ चिया निकासी ठप्प भएको थियो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको…

  • विश्वका पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

    विश्वका पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

    विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ १२ देखि १५ गतेसम्म हुँदैछ । ‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषय सम्मेलन सहभागी हुन काठमाडौँमा ४० देशका पशुपालक तथा खुला चरन क्षेत्रमा गरिने पशुपालन (र्‍यान्च) सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रमुख…

  • पूर्वाधार निर्माणसम्बन्धी मुद्दा विचाराधीन रहे पनि काम रोक्न नमिल्ने

    पूर्वाधार निर्माणसम्बन्धी मुद्दा विचाराधीन रहे पनि काम रोक्न नमिल्ने

    पूर्वाधार निर्माण तथा विभिन्न आयोजनाका कार्यहरु खरिद प्रक्रिया, मुआब्जा, जग्गा अधिग्रहण आदि विभिन्न कारण निर्माणकार्य प्रभावित हुने गर्दछ । र, यो विषय अदालतसम्म पुग्ने गर्दछ, जसले गर्दा निर्माण कार्य ढिलाइ हुने गरेको छ । तर, अब पूर्वाधार निर्माण तथा विकास आयोजनासम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानुनी…

  • त्रिविबाट तलब खान्छन् प्राध्यापक, काम भने निजी तीर

    त्रिविबाट तलब खान्छन् प्राध्यापक, काम भने निजी तीर

    सरकारी सस्थामा कार्यरत शिक्षक तथा कर्मचारी निजी क्षेत्रमा सेवा गर्ने गरेको पाइएको छ । नयाँ सरकार आएसँगै बाहिर पढाउने काम चर्चाको शिखर पुगेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका शिक्षक–कर्मचारीलाई आंशिक रूपमा अन्य संस्थामा काम गर्न दिइने स्वीकृति प्रावधान विवादको केन्द्रमा परेको हो । वीरेन्द्र बहुमुखी क्याम्पसका १८ प्राध्यापकले बाहिर…

  • विद्युतीय चुल्होमा अनुदान दिने सरकारको योजना, ग्यासको विकल्प बन्न सक्ला ?

    विद्युतीय चुल्होमा अनुदान दिने सरकारको योजना, ग्यासको विकल्प बन्न सक्ला ?

    सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ । सरकारले आगामी १० वर्ष (आर्थिक वर्ष २०९२/९३) सम्म विद्युतीय चुल्होमा अनुदान दिने निती तयारी गरेको हो । ऊर्जा मन्त्रालयका अनुसार विद्युतीय चुल्होमा अनुदान…

  • दोस्रो राष्ट्रिय आर्थिक गणना करिब ८७ प्रतिशत सम्पन्न

    दोस्रो राष्ट्रिय आर्थिक गणना करिब ८७ प्रतिशत सम्पन्न

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ । थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना…

Scroll to Top