बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दौडधुप, अध्यक्षमा तीन आकांक्षी
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। आगामी असोज २१ देखि २३ गतेसम्म हुने संघको २६औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि उद्योगी–व्यवसायीहरूले आन्तरिक तयारी र भेटघाटलाई तीव्र बनाएका छन्। बुटवलको पुरानो तथा प्रभावशाली व्यावसायिक संस्थाका रूपमा रहेको संघको अध्यक्ष पदमा हालसम्म तीन जना…

