कामना सेवा विकास बैंकद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग
कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार उक्त सहयोग रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट १५ लाख…

