राहदानी ठेक्का भ्रष्टाचार मुद्दा : भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा साधारण तारेखमा रिहा
राहदानी छपाइसँग सम्बन्धित चर्चित भ्रष्टाचार मुद्दामा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले थापालाई थुनामा नराखी साधारण तारेखमा मुद्दाको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

