राष्ट्र बैंकले ६० दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६० दिनका लागि निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया अघि बढाएको हो। वित्तीय प्रणालीमा तरलता धेरै हुँदा ब्याजदरमा पर्ने दबाबलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरण प्रयोग गर्दै…

