नेपालबाट बाहिरियो ६ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स
चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स ५२.६६ प्रतिशतले बढेको छ । चालू आवको पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पहिलो ६ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको…

