प्राधिकरणको पुनर्संरचना तत्काल गर्न परिसंघ अध्यक्ष पाण्डेको जोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आन्तरिक विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योगहरूको स्थापना र विकास अपरिहार्य रहेको बताएका छन । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखेको सन्दर्भ जोड्दै उनले…

