बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै
समृद्धि इनर्जी लिमिटेडले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजना (पीआरओआर) निर्माण गर्ने भएको छ। आयोजना निर्माणका लागि आवश्यक पर्ने ४४ अर्ब ५१ करोड रुपैयाँ लगानी स्वीकृत गर्न लगानी बोर्डले तयारी गरिरहेको छ। बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार जेठ २२ गते बस्ने ६३औँ बोर्ड बैठकमा…

