करणवीर बोहरा नेपालमा
१९ माघ ,२०७६, काठमाडौँ । चर्चित भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा नेपाल आइपुगेका छन् । पासपोर्टविना नेपाल आउन लागेका करणवीरलाई दिल्ली विमानस्थलबाटै फर्काइएको थियो । काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै करणवीरले विमानस्थलमा रहेको सेल्फी पोइन्टमा तस्विर खिच्दै आफू नेपाल आइपुगेको जानकारी दिएका छन्।

