काठमाडौँ महानगरमा ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध
काठमाडौँ महानगरपालिकामा हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।…

