Banijya News

इन्सुरेन्स

नेशनल लाइफद्वारा आन्तरिक पर्यटन प्रवर्द्धनसँगै सौराहामा क्रुज सफारी सम्पन्न

नेशनल लाइफद्वारा आन्तरिक पर्यटन प्रवर्द्धनसँगै सौराहामा क्रुज सफारी सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र आफ्ना उत्कृष्ट अभिकर्ताहरूको मनोबल उच्च राख्ने उद्देश्यले चितवनको सौराहास्थित होटल […]

नेपाल लाइफको अभियान स्वास्थ्य परीक्षण र रक्तदान

नेपाल लाइफको अभियान स्वास्थ्य परीक्षण र रक्तदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “लाइफ इज प्रिसिअस लेट्स अपलिफ्ट इट टुगेदर” भन्ने मूल नाराका साथ बृहत निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। मानवीय जीवनको रक्षा र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने पवित्र उद्देश्य बोकेको यस अभियानमार्फत कम्पनीले सर्वसाधारणलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न र…


  • बीमा कम्पनीका संस्थापक शेयरधनीसँग विभागले माग्यो अतिरिक्त लगानीको विवरण

    बीमा कम्पनीका संस्थापक शेयरधनीसँग विभागले माग्यो अतिरिक्त लगानीको विवरण

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको संलग्नता रहेको हिमालयन रिइन्स्योरेन्ससहित आठवटा बीमा कम्पनीको लगानीमाथि सूक्ष्म अनुसन्धान थालेको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै हिमालयन रिइन्स्योरेन्स र अन्य सातवटा लघु बीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीका संस्थापक शेयरधनीहरूलाई आफ्नो लगानीको विस्तृत स्रोत खुलाउन १५ दिनको समयसीमा दिएको हो। अनुसन्धानको घेरामा…

  • बीमा दाबी भुक्तानी ५१ अर्बमा सीमित, जीवन बीमातर्फ ३१.४५ प्रतिशतले गिरावट

    बीमा दाबी भुक्तानी ५१ अर्बमा सीमित, जीवन बीमातर्फ ३१.४५ प्रतिशतले गिरावट

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा बीमा कम्पनीहरूले कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले उक्त रकम बराबरको दाबी फर्छ्योट गरेका हुन् । गत आर्थिक वर्षको सोही…

  • मर्जरपछि निर्जीवन बीमा कम्पनीको व्यवसायमा सुधार, १४ कम्पनीद्वारा ३६ अर्बको व्यापार

    मर्जरपछि निर्जीवन बीमा कम्पनीको व्यवसायमा सुधार, १४ कम्पनीद्वारा ३६ अर्बको व्यापार

    नेपालका निर्जीवन बीमा कम्पनीहरूका लागि मर्जर (गाभ्ने-गाभिने) प्रक्रिया व्यवसाय विस्तार र पूँजीगत सुदृढीकरणका हिसाबले फलदायी देखिएको छ। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणले मर्जरपछि कम्पनीहरूको व्यवसायमा उल्लेख्य सुधार आएको पुष्टि गरेको हो। प्राधिकरणको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सञ्चालनमा रहेका…

  • युनाईटेड अजोडको नेतृत्वमा नारायणकुमार भट्टराई नियुक्त

    युनाईटेड अजोडको नेतृत्वमा नारायणकुमार भट्टराई नियुक्त

    युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नारायण कुमार भट्टराई नियुक्त भएका छन । हिजो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बीमा क्षेत्रमा लामो र सफल अनुभव सँगालेका भट्टराईलाई आगामी कार्यकालका लागि नेतृत्वदायी भूमिका दिने निर्णय गरेको हो । नेपाली बीमा बजारमा एक कुशल व्यवस्थापकको पहिचान बनाएका भट्टराई यसअघि तत्कालीन…

  • बीमा क्षेत्रको जोखिम न्यूनीकरणका लागि आन्तरिक लेखापरीक्षण निर्देशिका परिमार्जन गरिँदै

    बीमा क्षेत्रको जोखिम न्यूनीकरणका लागि आन्तरिक लेखापरीक्षण निर्देशिका परिमार्जन गरिँदै

    नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको आन्तरिक सुरक्षा प्रणालीलाई मजबुत बनाउन र सम्भावित जोखिमहरूलाई समयमै पहिचान गर्न 'बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९' लाई परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसै सन्दर्भमा सरोकारवालाहरूबाट आवश्यक सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रमको…

  • सिटिजन लाइफका दुई ‘सिटिजन लिडर्स’ अब संसदमा, कम्पनीद्वारा विशेष सम्मान

    सिटिजन लाइफका दुई ‘सिटिजन लिडर्स’ अब संसदमा, कम्पनीद्वारा विशेष सम्मान

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना दुई होनहार 'सिटिजन लिडर्स' लाई एक भव्य समारोहका बीच बधाई तथा सम्मान अर्पण गरेको छ। कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा आयोजित 'शुभकामना आदान–प्रदान कार्यक्रम' मा भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद रुकेश रञ्जित र…

  • गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा शर्तसहित छोडियो

    गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा शर्तसहित छोडियो

    हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारतजानबाट रोकिएको छ । बुधबार राति भैरहवास्थित बुटवलको एक होटलबाट उनलाई पक्राउ गर्ने प्रयास गरिएको थियो । तर, सोही क्रममा भएको छलफलपछि गोल्छा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने सहमति भएको प्रहरीले जनाएको छ…

  • नेशनल लाईफका बीमितलाई ग्राण्डी हस्पिटलमा विशेष सहुलियत

    नेशनल लाईफका बीमितलाई ग्राण्डी हस्पिटलमा विशेष सहुलियत

     नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलित दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी नेशनल लाईफ इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्वन्धमा सम्झौता भएको हो ।…

  • प्रभु इन्स्योरेन्सद्वारा जोखिम व्यवस्थापन र प्रविधि विस्तारमा जोड

    प्रभु इन्स्योरेन्सद्वारा जोखिम व्यवस्थापन र प्रविधि विस्तारमा जोड

    प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बिमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै आधुनिक प्रविधिमा आधारित सेवा विस्तारमा जोड दिइएको जानकारी दिए । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७९ प्रतिशत लाभांश…

Scroll to Top