एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । गाउँपालिकामा भएको झडपमा परी माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भत्र्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग…

