Banijya News

समाचार

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० […]

विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहिबार नेपाल आउदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउन लागेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल आउन लागेको मन्त्रलायले जनाएको छ । उनको ३ दिनको नेपाल भ्रमणको कार्यक्रम रहेको छ । साथै, नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी…


  • Default Image

    उपकार लघुवित्तको आइपीओ बाँडफाँट कहिले हुदैछ ?

    उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट गरिने भएको हो । लघुवित्तको आइपीओ बाँडफाँट कार्यक्रम आफ्नै कार्यालयमा वैशाख ९ गते बिहान ८ बजे बिक्री प्रबन्धक रहेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने तयारी गरेको छ । कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्कासन गरेको थियो…

  • Default Image

    न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

    जिल्लाको मस्र्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाट(मेवा) को न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण शुरु भएको छ । नेपाल विद्युत् प्राविधिकरणद्वारा मंगलवारदेखि यहाँ उत्पादन परीक्षण शुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । मंगलवारदेखि तीन दिनसम्म सुक्खा परीक्षण…

  • Default Image

    १० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३५०

    पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ नमूना परीक्षणमध्ये १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी, निको हुनेको संख्या ९ लाख ६६ हजार…

  • Default Image

    हिमालयन हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बैशाख ४ गते अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ निष्काशनका लागि…

  • Default Image

    सातौँ कृषि गणना भोलिदेखिः परिणाम आउन ५० दिन लाग्ने

    मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २०६८ मा कृषि गणना…

  • Default Image

    नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान

    नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन् । वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गरेको हो । प्रधान कम्पनीको १९औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए ।

  • Default Image

    सिटी होटलको १६ लाख ७४ हजार कित्ता आईपीओ आउने

    सिटी होटल लिमिटेडको आईपीओ बिक्रीमा आउने भएको छ । होटलले आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते बोर्डमा निवेदन दिएको हो ।  प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न होटलले अनुमति मागेको छ । होटलले सर्वसाधारणमा शेयर जारी गर्ने भएको हो।

  • Default Image

    थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ८९ जनाको परीक्षणमा ११ जना पीसीआर र १ जना एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएकोे जनाएको हो । पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै…

  • Default Image

    शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

    बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन्। यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट…

  • Default Image

    प्रदेश पूर्वाधार विकास प्राधिकरण लु्म्बिनीको प्रमुखमा पोखरेल नियुक्त

    लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेल नियुक्त भएका छन् । प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो…

Scroll to Top