ग्लोबल आइएमई बैंकको साधारण सभा असोजमा, १० प्रतिशत लाभांश प्रस्ताव गरिने
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभाको मुख्य आकर्षण शेयरधनीलाई…

