बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन
बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अत्यधिक मात्रामा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्ने उद्देश्यले ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार ९० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलन प्रक्रिया बोलकबोल (अक्सन) प्रणालीमार्फत…

