बाजुरामा खाद्यान्न संकट अन्त्य गर्न र आपूर्ति सुनिश्चित गर्न मन्त्रीको निर्देशन
सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा वर्षेनि दोहोरिने खाद्यान्न अभावको समस्या समाधान गर्न सरकारले विशेष पहल थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बाजुराका दुर्गम बस्तीमा वर्षभरि सहज रूपमा खाद्यान्न उपलब्ध गराउन तत्काल आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाली कांग्रेसका बाजुराका प्रतिनिधिसभा सदस्य…

