शिक्षक महासंघद्वारा आन्दोलनको तयारी, सम्झौता कार्यान्वयन गर्न माग
सरकारसँग भएका विगतका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । काठमाडौँमा आयोजित महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन नै एक मात्र विकल्प भएको बताएका हुन् । अध्यक्ष सुवेदीले विद्यालय कर्मचारी, इसिडी…

